राेटरी क्लब दमकले गठन गर्याे पहिलाे ‘राेटरी सामुदायिक निगम दमक ताराबारी’

0
565

झापा, ६ असार /  राेटरी क्लब  दमकले आफ्नाे पहिलाे  ‘ राेटरी सामुदायिक निगम दमक ताराबारी’ गठन गरेकाे छ ।

क्लबले आज दमक ३ ताराबारीकाे लक्ष्मिनारायण मन्दिर काे सभाहलमा एक कार्यक्रम गरी गठीत सिमिती लाइ प्रमाण पत्र प्रदान गरी सामुदायिक निगमकाे जिम्मेबारी दिएकाे हाे ।  १९ सदस्य रहेकाे निगमकाे संयोजकमा प्रर्शुराम  ढकाल चुनिएका छन् । दमक नगरपालिकाकी उप मेयर गिता अधिकारीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा निगमले समुदायबाटै छनाैट गरीएका दुइ जना स्थानिय बिध्यार्थि करुणा घिमिरे र आकृती पौडेल लाइ पढ्नका लागि लीमो दुरी जानु पर्ने भएकाले यातायताकाे सहजताकाे लागि पाठ्य सामाग्री सहित ब्याग र साइकल  बितरण गरीएकाे  छ ।

कार्यक्रममा बाेल्दै  प्रमुख अतिथि उपमेयर अधिकारीले राेटरीले समाजमा शिक्षाकाे क्षेत्रमा गर्दै आएकाे कार्यकाे प्रंससा गर्दै समुदायनै साक्षर भए पछि सबै सफल हुने बताउदै समुदायलेनै छनाैट गरेर बितरण गरीएकाे सामग्रीकाे सही पदुपयाेग गर्न बिध्यार्थि तथा उनका अभिवकलाइ अनुराेध गर्दै अधिकारीले क्लब र निगमले नगरपालिका संग जाेडिएर आगामी दिनमा  अझै धेरै काम गर्न सकिने बताइन् । कायर्क्रमाका बिषेश अतिथि  राेटरी क्लबका असिस्टेन्ट गर्भनर भैरब अर्यालले  सामाजमा केही गरौ भन्ने भावना भएको युवा हरुलाई समेटिर निगम गठन गरीएको हुनाले यस्ले राम्रो कार्य गर्ने बिश्वास रहेको बताए । दमकमा पहिलाे पटक सामुदायिक निगम गठन गरेर निकै महत्व पुर्ण कार्य गरेकाे भन्दै, राेटरी लाइ निगमकाे सहयताले समुदायमा सेवा प्रदान गर्न थप सहज हुने जनाए ।

क्लबले उक्त समुदायलाइ दुइ बर्षमा पुर्ण साक्षर बनाउने लक्ष्य अनुरूप स्थानिय स्तरमा राेटरी सामुदायिक निगमकाे गठन गरीएकाे  कार्यक्रमका सभापति तथा राेटरी क्लब दमकका अध्यक्ष सन्दिप चापागाइ (दिपु) ले बताए । उनले भने राेटरीले समुदाय संग मिलेर  काम गर्नकाे लागि निगमकाे गठन गरीएकाे हाे । सामुदायिक निगमले पनि राेटरीले जस्तै काम गर्न सक्ने भएकाले समुदायमा सेवा मुलक काम गर्नकाे लागि निगमकाे पनि अब उतिकै जिम्मेवारी हुनेछ । सामज परिवर्तनको लागि सुरु गरिएको यो कार्यलाइ क्लबले निरन्तरता दिदै जाने उनले बताए ।

साेही अवसरमा राेटरी क्लबका सदस्य  केशब कुमार अग्रवालले राेटरी क्लब तथा राेट्रयाक क्लबले स्थापना गरेकाे हाम्राे लाइब्रेरीमा दश हजार बराबरकाे फर्निचर  सामाग्री प्रदान गर्ने बताए । क्लबकी निर्वाचित अध्यक्ष शान्ता ढकालले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा राेटरी क्लब बिराटनगरका अध्यक्ष  घन श्याम राठी, क्लबका पुर्व अध्यक्ष नबिन श्रेष्ठ, मुक्ती भट्टराइ,  क्लबका पधाधिकारी सागर श्रेष्ठ, शान्तिरा निराैला, लक्ष्मिनारायण मन्दिर ब्यवस्थापन समिति अध्यक्ष  होम नाथ धिमिरे स्थानिय र राेटरी सामुदायिक निगम दमक ताराबारीका सदस्य लगायतकाे उपस्थिती रहेका थियाे भने कार्यक्रमकाे संचालन क्लबका सचिब झलराज गाैतम राजुले गरेका थिए । क्लबले यस अधि साे समुदायमा लाइब्रेरी खानेपानीको योजना बनाएर उक्त समुदायलाइ हस्तान्त्रण गरी सकेकाे छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here