झापाकाे गाैरादहमा काेराेना भाईरस संक्रमण बिरुद्द “काेभिड साथी” अभियानकाे सुरु

0
510

दमक, ६ असार /  झापाकाे गाैरादहमा काेराेना भाईरस संक्रमण बिरुद्द जनचेतना जगाउने उद्देश्ले “काेभिड साथी” अभियानकाे सुरुवात गरिएकाे छ ।

उपभाेत्ता हित सँरक्षण मँच गाैरादहकाे संयाेजन र गाैरादहकै अन्य ९ वटा सामाजीक संघ सस्थाहरूकाे सहकार्यमा साे अभियान संचालन हुन गईरहेकाे हाे । अाजबाट सुरुगर्न लागिएकाे अभियान गाैरादहमा काेराेना भाईरसकाे संक्रमणलाई फैलन नदिने उद्देश्यले गर्न लागिएकाे सामाजिक अभियन्ता माेहन कृष्ण घिमिरेले बताए ।

अाजबाट २५ जना स्वायंमसेबीहरुले गाैरादहका बढि भिडवाड हुने क्षेत्रकाे पहिचानगरि दिनकाे २घन्टा साे अभियान चलाउने उपभाेक्ता संरक्षण मंचका संयाेजक दिलिप भण्डारिले बताए। अभियान अन्तर्गत काेराेना भाईरस काेबिड-१९ काे संक्रमणबाट सुरक्षित हुन अपनाउनुपर्ने साबधानिका साथै जनचेतनामुलक जानकारी प्रस्तुत गरिने छ ।

त्यस्तै मास्क लगाउने, सेनीटाइज प्रयाेग गर्ने र भाैतिक दुरीकाे ब्यबस्थापन कसरी गर्ने भन्ने जानकारि दिईने अभियन्ता डा. तिलक खनालले बताए । गाैरादह बजारबाट सुरु गर्न लागिएकाे अभियान बिस्तारै सम्पुर्ण नगरक्षेत्र भरि पुर्याउने लक्ष रहेकाे अभियान्ता भिमबिजय बास्ताेलाले जानकारि दिए । स्वातस्फुर्त रुपमा संचालन हुनगईरहेकाे अभियानमा बिस्तारै अन्य नगरबासीलाइ जाेड्दैलगिने बताईएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here