कोरोना विरुद्धको खोप यसै वर्ष बजारमा आउन सक्ने चीनको भनाइ

0
287

एजेन्सी : चीनले कोरोना भाइरसविरुद्ध खोप यसै वर्षभित्र बजारमा आउनसक्ने जनाएको छ । चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले यो वर्षको अन्तिमसम्ममा वितरणका लागि खोप तयार हुने जनाएको हो ।

वुहान इन्ष्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस र बेजिङ इन्ष्टिच्युट अफ बायोलोजिकल प्रोडक्टसले खोपका लागि काम गरिरहेका छन । पछिल्लोपटक सो खोपको परीक्षण दुई हजार मानिसमा गरिएको छ । खोपको दोस्रो चरणको परीक्षण भइरहेको पनि जनाइएको छ ।

रुसले पनि कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल परीक्षण गर्ने जनाएको छ । रुसका स्वास्थ्य मन्त्री मिखायल मुरास्कोले रुसी वैज्ञानिकले दुई साताभित्र परीक्षण अघि बढाउने जानकारी दिएका हुन् । भाइरसको संक्रमण फैलिए लगत्तै संसारभर खोप निर्माणका लागि द्रुत गतिमा काम भइरहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here