हेर्नुहोस तपाइको यो साताको राशिफल (जेठ १८ देखि २४ सम्मको )

0
302

मेष– घरायसी विवाद बढ्नेछ । पारिवारिक वादविवादमा तनाव आउनेछ । प्रतिस्पर्धामा राम्रै योग रहन्छ । स्वास्थ्यमा सुधार आउनाले चिन्ता कम हुनेछ । साताको मध्यमा भने सानो यात्रा हुने एवम आफन्तजन भेटघाट रहनेछ । पारिवारिक साथ मिल्ने एवम नयाँ साथी भेट हुनेछ । साताको अन्त्यमा भने काममा अपजस मिल्ने, नजिकबाट धोका तथा मनमा अशान्ति बढ्नाले काम अधुरो रहनेछ ।

वृष– अध्ययनमा प्रगति देखिन्छ । सन्तानबाट सहयोग हुने तथा कला संगीतमा रुचि जानेछ । मातृपक्षबाट सहयोग एवम सन्तानले खुशी दिनेछन् । मुद्दामामिला किनारा लाग्ने तथा विरोधीहरुको भय हट्नेछ । स्वास्थ्यमा प्रगति हुनाले यात्राको योग बन्नेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप एवम नयाँ यात्राको योग बन्नेछ ।

मिथुन– घरायसी समस्यामा अल्झिनुपर्नेछ । सरसल्लाह नमिल्नाले आँटेको काममा बाधा आउनेछ । साताको मध्यमा भने आम्दानी राम्रो हुने, सोचेको कुरामा लाभ हुने एवम मनोरञ्जनमा दिन बित्नेछ । साताको अन्त्यमा भने खेलकुद तथा प्रतिस्पर्धामा प्रतिष्ठा कायम हुनेछ । सहयोगीको सहयोगले बेलैमा आँटेको काम पुरा हुनेछ ।

कर्कट– दौडधुप एवम व्यस्तता बढ्नेछ । सानो यात्राको योग पर्नाले व्यक्तिगत काम रोकिनेछ । साताको मध्यमा भने आफन्तसँग झैझमेला एवम स्त्रीपक्षसँग मनमुटाव रहनेछ । अशान्ति एवम तनाव बढ्नाले स्वास्थ्यमा गडबड हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवम व्यवसायमा सन्तोष मिल्नेछ । कला क्षमताको कदर मिल्नाले प्रशंसाको पात्र भइनेछ ।

सिंह– धन सम्पतिको कारोबार बढ्नेछ । कुटुम्ब भेटघाट एवम् सहयोग मिल्नाले व्यवसायमा राहत हुनेछ । मिष्ठान्न भोजनको योग एवम् भोज भतेरमा सहभागी भइनेछ । नयाँ ठाउँको भ्रमण एवम् काममा जिम्मेबारी थपिनेछ । साताको अन्त्यमा भने जग्गा जमिनको विवाद एवम् पैतृक धनसम्पतिमा किचलो तथा आफ्नैसँग मनमुटाव रहनेछ ।

कन्या– प्रशन्नता एवम् खुसियाली बढनेछ । साथी भाइ भेटघाटमा रमाइलो हुनेछ । मनोरञ्जनमा खर्च बढ्नाले सञ्चित धन कम हुनेछ । सामाजिक प्रतिष्ठामा भने वृद्धि हुने तथा धनसम्पतिको सहयोग मिल्नेछ । आम्दानी बढ्नाले ऋणको भार कम हुनेछ । सन्ततिको स्वास्थ्यमा भने समस्या एवम पेटको गडबडी हुुनेछ । साताको अन्त्यमा भने सानो यात्राको तय हुने एवम नयाँ मित्रसँग पहिचान बढ्नेछ ।

तुला- शारीरिक थकान बढ्नेछ । हृदय सम्बन्धी रोग एवम पेटको समस्याले सताउनेछ । घरका ज्येष्ठ सदस्यमा स्वास्थ्य बाधा आइपर्नेछ । काममा आलोचना मिल्नाले तनाव बढ्न सक्नेछ । साताको मध्यमा भने धार्मिक रुचि बढ्ने एवम ठुलाबडाको सहयोग मिल्नेछ । आफन्त जनसँग भेटघाट एवम मिठो भोजनको सुख मिल्नेछ । नयाँ काममा योजना एवम धनसम्पतिको कारोबारमा सामान्य सन्तुष्टि मिल्नेछ

वृश्चिक– नयाँ कामको योजना प्रारम्भ हुनेछ । साथी भाइको सहयोगमा व्यापार व्यवसायमा लाभ मिल्नेछ । धन सम्पतिको जोहो हुने तर विद्यामा भने कमजोर योग रहेको छ । साताको मध्यमा भने अनावश्यक खर्च बढ्ने एवम सर सामान नोक्सानी हुन सक्नेछ । काममा व्यवधान आउनाले लागत बढ्नेछ । साताको अन्त्यमा भने भ्रमणको योग बन्ने, पारिवारिक भेटघाट रहने एवम् अधुरा काम सुरु हुने देखिन्छ ।

धनु- सामाजिक सम्मानमा वृद्धि हुने तथा राजनीतिक क्षेत्रबाट अवसरको बाटो देखिने एवम सामाजिक काममा पहिचान मिल्नेछ । साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम सोचेको कुरामा फल प्राप्ति हुनेछ । साताको अन्त्यमा भने व्यर्थ परिश्रम हुने एवम अरुको लागि समय खर्च हुनेछ ।

मकर– भाग्यले राम्रै साथ दिनेछ । गरेको काममा प्रतिफल राम्रो आउनाले प्रशंसा मिल्नेछ । साताको मध्यमा भने सरकारी क्षेत्रमा पहुँच बढ्ने एवम ठुलाबडाको साथ राम्रै मिल्नेछ । शारीरिक चोटपटकको भय एवम परिवारमा खटपट हुन सक्नेछ । साताको अन्त्यमा भने व्यवसायमा सफलता, काममा प्रगति एवम साथी भाइको सहयोगले पुरानो काम बन्नेछ ।

कुम्भ– स्वास्थ्यमा तलमाथी हुनेछ । काममा अपजस मिल्नाले अशान्तिको भय रहनेछ । साताको मध्यमा भने वैदेशिक यात्रामा सफलता, धार्मिक यात्रा हुने एवम सामाजिक क्षेत्रमा योगदान रहनेछ । यात्रामा सामान्य चोटपटक एवम अनावश्यक खर्च आइपर्ने देखिन्छ । साताको अन्त्यमा भने रोजगारको बाटो खुल्ने एवम प्रशन्नता बढ्नेछ ।

मीन– पारिवारिक भेटघाट रहनेछ । दाम्पत्य जीवनमा खुशीयाली बढ्ने एवम प्रेममा प्रगति हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा आउने एवम अचानक काम रोकिनेछ । गुप्त शत्रुको भय रहनेछ । साताको अन्त्यमा भने धर्ममा रुचि जाने एवम ठुलाबडाको साथ मिल्नेछ राजनीतिक क्षेत्रबाट लाभ एवम काममा प्रगति हुनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here