सामाजिक संजाल समुह फेमिना द्वारा दमकमा राहत बितरण

0
488

दमक / झापाकाे दमकमा लकडाउनका कारण समस्यामा परेकालाइ सामाजिक संजाल समुह फेमिनाले राहत बितरण गरेकाे छ ।

फेमिना समुह बिगत दुइ बर्ष देखि सामाजिक संजाल फेसबुक मार्फत खुलेकाे  महिलाहरूकाे समुह हाे  । समुहका  दमकमा रहेका सदस्यहरूकाे पहलमा स्थानिय सरकार संगकाे समंन्वयनमा दमकका १७  परिवारलाइ राहत बितरण गरीएकाे छ ।

समुहले दमक नगरपालिकाकाे वडा नं. १ काे पन्चमुखी टोल, वडा नं. २ मिल डाडा र वडा नं. ३ काे डुकुरपानीका अति बिपन्न परिवारलाइ  दाल, चामत, तेल, साबुन  लगायतका समाग्री बितरण गरीएकाे समुहकी सदस्य अस्मिता लुइटेलले जानकारी दिइन् ।

समुहले  दमककै आम्दाअस्पतालमा रहेका बिमारीलाइ पनि शनिबार राहत समाग्री बितरणा गरेकाे थियाे । बिभिन्न  समयमा स्थानमा समुहले आर्थिक अवस्था कमजाेर भएका, आपत बिपतमा परेकाे, खर्चकाे अभावकाे कारण उपचार नपाएका बिरामिहरूलाइ सहयाेग गर्दै आएकाे छ । समुहमा हाल सम्ममा देश भरका २४ हजार सदस्य रहेका छन् ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here