विद्यालयमा पठनपाठन अझै केही समय सुचारु हुदैन : मन्त्री कार्की

0
350

दमक, १७ जेठ / प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारी विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरी निजी विद्यालयमा पठनपठान सुरु गर्न नमिल्ने प्रतिक्रिया दिएका छन ।

संघिय सरकारले भर्ना खुला गर्न दिने तयारी गरेपछि मन्त्री कार्कीले निजी विद्यालयमा पढाई सुरु गर्न नमिल्ने प्रतिक्रिया दिएका हुन ।

सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया सार्बजनिक गरेका कार्कीले संक्रमित बढ्ने क्रममा रहेकाले विद्यालय सञ्चालन गर्न हतार गर्न नहुने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रदेश १ सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले यस्ताे लेखेका छन् :–

सरकारी स्कुल क्वारेन्टाइन बनाउने र प्राईभेट स्कुल चै पढाई सुरु हुने भन्ने कुरा पूर्ण रुपमा गलत हो । पठनपाठन अझै केही समय सुचारु हुँदैन । संक्रमणको जोखिम उच्च छ । स–साना नानीबाबुलाई हाम्रो हतारोमा रिक्स जोनमा बेपर्बाह पठाउन होम्न सकिदैन, र राज्य तयार हुँदैन् । जेष्ठ नागरिक र स–साना केटाकेटीलाई जोखिमको खतरा बढी भएकोले यी सग सम्बन्धित क्षेत्र खोल्ने सरकारको लिष्ट प्राथमिकता पर्छन् । साथै अब सरकारेले आफ्ना नागरीक बिदेशबाट ल्याउने कामलाई उच्च प्राथमिकतामा राखेको छ । सो का लागि आवश्यक पर्ने होल्डिङ एरिया , क्वारेन्टाइन र आईसोलेसन एरिया निर्माण काम लाई तिब्रता दिएको छ । त्यसैले आवश्यक्ताको आधारमा होल्डिङ एरिया , क्वारेन्टाइन र आईसोलेसन वार्डका लागि स्वास्थ्य र सुरक्षाका मापदण्ड पुगेको ठाउँमा सरकारले निर्णय गरि जहा पनि बनाउन सक्छ।

यसमा सबै व्यक्ति , संघ ,संस्था पनि सकारात्मक र सहयोगी बन्नै पर्छ साथै राज्यका जिम्मेवार प्रतिनिधीहरु झनै बढी जिम्मेवार भएर सक्रीयता बढाउने र आपसी समन्वय पनि बढाउनु पर्छ । वर्षात यामको सुरु हुन लागेको छ। नोबल कोरोना भाईरसको संक्रमणको प्रकोप परिक्षणलाई ब्यापक बनाए सगै अझै धेरै बढन सक्ने स्पष्ट देखिएको छ। त्यस कारण स्वदेशमा रहेका र बिदेशबाट आएका नेपाली नागरिक र कतिपय सन्दर्भमा बिदेशी नागरिकलाई समेत सुरक्षित ठाउमा राख्नु पर्ने , परिक्षण गर्नु पर्ने उपचार पछि सम्बन्धित क्षेत्रमा पुर्‍याउने पर्ने दायित्व सरकारको हो ।

यसका निम्ती संघिय सरकार , प्रदेश सरकार र स्थानिय तहले आमरुपमा आफ्नो सामर्थ्यले भ्याए सम्म पुर्ण क्षमता देखाएका छन । स्वास्थकर्मी , सुरक्षाकर्मी , सामाजिक संघ संस्था , निजामतीका फ्रन्ट लाईनमा उभिने साथीहरु अहोरात्र खटिनु भएकै छ । म उहाँहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु । लकडाउन कैबीच गर्नु पर्ने हाम्रा कृषि ,उद्योग ,बिकास निर्माण लगायतकामहरु प्रथमिकताका साथ सञ्चालन भएकै छन् ।

अब कोरोना प्रकोपबाट जोगिदै हामीले आफ्ना दैनिक जिवन सहज बनाउने कार्यबिधी तय गर्नु पर्ने छ । यसका निम्ती सरकारले गृहकार्य गरिरहेको छ । यस निम्ती यहाँहरुका रचनात्मक सुझाबको सरकार सदैब अपेक्षा गर्दछ । यससँगै सरकारी निकायबाट हुनु पर्ने कतिपय सेवाप्रबाह समयमा नभएको , स्तरिय नभएको र भन्ने जनगुनासा पनि आएका छन ।

हामी सरकार , सरकारी निकाय र कानूनद्वारा स्थापित सार्बजनिक तथा निजी जनतालाई सेवा प्रदान गर्ने अफिस , व्यक्तीहरु यस्तो बिषम परिस्थितिमा झनै जिम्मेवार , चुस्तदुरुस्त हुनै पर्छ । कही कतै कमी नहोस जनताका तर्फबाट गुनासो नआउने गरि स्तरिय र समयमै काम सम्पादन गर्नु हाम्रो परमदायित्व हो । आफ्नो दायित्व नभुलौ , लापरबाही नगरौ,यस्तो यदि कतै देखियो भयो भने सम्बन्धित जिम्मेवार पक्षले कानूनी कारवाही गर्ने कुरामा कुनै समय पर्खिनु आवश्यक छैन् ।
हामी सबैलाई चेतना भया, धन्यवाद ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here