दमकमा बालबालिका सम्बन्धि योजना निर्माणकाे लागि भिडियो कन्फ्रेन्स मार्फत छलफल

0
426

दमक, १७ जेठ,  नयाँ आर्थिक बर्षकाे बालबालिका सम्बन्धि योजना निर्माणका निमित्त नगर बाल सञ्जाल, दमकको आयोजना र दमक समन्वयमा अर्थात अनलाईन मार्फत आगामी वर्षको योजना सम्बन्धि छलफल सम्पन्न भएको छ ।

छलफल ३ दिनसम्म प्रविधिको उच्चतम प्रयोग गर्दै ईच्छुक बालबालिकाबाट फारम संकलन गरि सामाजिक सञ्जालको प्रयोगबाट प्रश्न, उत्तर, जिज्ञाशाका माध्यमबाट बालबालिकाको आवश्यकता र उनिहरुको भावनाका बारेमा जानकारी लिईएको थियाे ।  शनिबार भिडियो कन्फ्रेन्स मार्फत उक्त विषयमा विशेष छलफल गरिएको नगर बाल सञ्जालका सचिव राम खतिवडाले जानकारी दिए ।

कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारीले दमक नगरपालिकाले बालबालिकाको सवोत्तम हितलाई सधैं प्राथमिता दिईरहने बताइन् । उनले अहिलेको समयमा बालबालिकामा परेको प्रभाव सामाधान गर्न पनि तयार रहेको बताइन् ।   दमकका बालमैत्री सल्लाहकार सुमन अधिकारीले दमक नगरपालिकाले बनाएको बालमैत्री रणनीति योजना र कार्यनीति बमोजिम अगाडि बढ्नुपर्ने र आगामी योजनामा तिनै कुरालाई जोड्नु पर्नेमा जोड दिएका थिए ।

शनिबार भएको भिडियो कन्फ्रेन्समा  दमक नगरपालिका महिला तथा बालबालिका अधिकृत सरिता भण्डारी, आई टि अफिसर समिप चुडाल यु.एन.एस.सि.आरकी संगिता खतिवडा, एल डब्लु एफ बाट सन्तोष चौधरी दमकका बालमैत्री सल्लाहकार सुमन अधिकारी सहित करिब ४० जनाको सहभागिता जनाएका रहेकाे थियो ।

नगर बाल सञ्जालले बालबालिकाको योजना निर्माणका निम्ति हरेक वर्ष बाल भेला गर्दै जसको सवाल उसकै सहभागिता भन्ने वाक्यांशलाई सार्थक बनाउँदै आईरहेको बाल सञ्जालका सचिव राम खतिवडाले  बताएका छन् ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here