एकैदिन १८९ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो

0
239

काठमाडौं, जेठ १७ । नेपालमा शनिबार एकैदिन १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले योसँगै नेपालमा संक्रमितको संख्या एक हजार ४०१ पुगेको बताए । उनकाअनुसार कपिलवस्तुमा १०९, सर्लाहीमा १७, दैलेखमा १४, सिरहामा ११, सप्तरीमा नौ, धनुषामा सात, रौतहटमा छ, दाङमा पाँच, महोत्तरीमा चार, पर्सामा दुई, संखुवासभामा दुई, झापा, ललितपुर र बारामा एक/एकजनामा संक्रमण देखिएको हो ।

कुल संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । हाल देशभर ‘क्वारेन्टाइन’मा एक लाख १० हजार ८८ जना रहेका छन् । ‘आइसोलेसन’मा एक हजार १७६ जना रहेका उनले जानकारी दिए ।

मन्त्रालयकाअनुसार शनिबारसम्म नेपालमा ‘आरडीटी’ विधिबाट एक लाख सात हजार ५५ नमुना परीक्षण भएका छन् । ‘पीसीआर’ विधिबाट भने हालसम्म ६६ हजार ७२९ परीक्षणहरु गरिएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकका एक, बाँकेका एक, गुल्मीका एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here