दैलेखमा क्वरेण्टीनमा शिशुको जन्म

0
256

दैलेख, १७ जेठ /  ठाँटीकाँध गाउँपालिका-२ जौंचरकी २२ वर्षीया मीना बिकले शनिबार क्वरेण्टीनमा एक शिशुलाई जन्म दिएकी छन् ।

ठाँटीकाँध गाउँपालिका-२ को जनता प्राविकाे  क्वरेण्टीनमा उनले पहिलो सन्तान छोरीलाई जन्म दिनुभएको वडाध्यक्ष रूपलाल बिकले जानकारी दिए । सुत्केरी मीना र नवजात शिशुको स्वास्थ्य रेखदेखका लागि लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

तीन वर्ष अघि विवाह गर्नुभएकी मीना उनका श्रीमान् मनबहादुर बिक भारतको पौडीगढवालबाट १४ गते ठाँटीकाँध आएका थिए ।

नवजात शिशु र सुत्केरी दुबैको स्वास्थ्य सामान्य रहेको र उनीहरुको पीसीआर जाँच्न बाँकी रहेकोे स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मीकुमारी रावत बुढाले जानकारी दिइन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here