खेल क्षेत्रमा बजेट घट्यो

0
467

१७ जेठ /  सरकारले आगामी आर्थिक बर्ष लागि युवा तथा खेलकुद मन्त्रालयमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले यस वर्ष युवा तथा खेलकुद मन्त्रालयको बजेट घटाएको हो । सरकारले गत आर्थिक वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको थियाे । खेलकुद पूर्वाधारको अभाव भएको कर्णाली प्रदेशमा खेलकुद सञ्चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकास गरिने बजेटमा उल्लेख छ ।

त्यस्तै कर्णाली प्रदेशमा उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन र सबै स्थानीय तहमा खेलग्राम विकास गरिने पनि बजेटमा ब्यवस्था गरिएको छ । यसैगरी सरकारले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ वौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here