नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुग्यो

0
446

काठमाडौं, जेठ १६ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक हजार २१२ पुगेको छ । पछिल्लो २४ घन्टामा १७० जना नयाँ संक्रमित थपिएका हुन् ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १७० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

२ सय ६ जना संक्रमित निको भएर घर फर्किएका छन् भने, कोरोना भाइरसकाे कारणा   ६ जनाकाे मृत्यु भएकाे  डा. देवकोटाले जानकारी दिए ।  एक हजार जना आइसालेसनमा रहेका छन् ।

अहिले  पिसिआर प्रविधिबाट ६४ हजार १५४ जना, आरडिटीबाट १ लाख ५ हजार ४७८ जनाको परीक्षण गरिएको छ । क्वारेन्टिनमा ९९ हजार ३३६ जना रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here