एभि न्युज टेलिभिजनकाे पहल तथा राेटरी क्बल दमककाे संयाेजन दमकका ५० परिवारले पाए राहत समाग्री

0
580

दमक / झापाकाे दमकमा लकडाउनका कारण समस्यामा परेकालाइ भुपाल मान सिंह प्रज्ञा प्रतिष्ठानले राहत बितरण गरेकाे छ ।

दमकमा रहेर सामाजिक गतिबिधिमा सकृय रहेकाे राेटरी क्बल अफ दमककाे संयाेजन तथा एभि न्युज टेलिभिजनकाे पहलमा  भुपालमान सिंह प्रज्ञा प्रतिष्ठानले स्थानिय सरकार संगकाे समंन्वयनमा दमकका ५० परिवारलाइ राहत बितरण गरेकाे छ ।

प्रतिष्ठानले आज दमक १ मा रहेकाे नमुना बस्तीका २२ परीवार र अन्य तिन वटा वडाका गरी जम्मा ५० परिवारलाइ  चामत,तेल,नुन लगायतका सामाग्री  बितरण गरेकाे राेटरी क्बल अफ दमक अध्यक्ष सन्दिप चापागाइले बताए ।

राहत बितरण कार्यक्रममा दमक ७ का वडा अध्यक्ष भिम प्रसाद पाैडेल, एभि न्युज टेलिभिजनका प्रदेश १ ब्युराे चिफ सचिन पाेख्रेल, दमक ७ का वडा सदस्य श्याम कार्की, राेटरी क्लब अफ दमकका शान्ता नेपाल, झलराज गाैतम, नबिन कुमार श्रेष्ठ र राेट्रयाक क्लब का अध्यक्ष सुदिप लिम्बु लगायतकाे उपस्थिती रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here