काठमाडौं, जेठ १६ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ६ पुगेको जनाएको हो ।
भारतबाट फर्किँदै गर्दा मृत्यु भएका भूमिस्थान अर्घाखाँचीका ३५ वर्षीय युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का एक युवकको यही जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालामा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृत्युको शुक्रबार मात्रै औपचारिक घोषणा गरेको हो ।