सडकमा अलपत्र परेकालाइ खाेजि खाेजि खाना खुवाउदै असहाय मानव सेवा समाज

0
484

झापा, कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला झापाको दमकमा रहेका सडक बालबालिकाहरु लाई खाना खुवाउने अभियान सुरु भएको छ । दमकको सडकमा रहेका मानसिक सन्तुलन गुमाएका , घरबार बिहिन तथा अलपत्र अवस्थामा रहेका असहायहरुलाई दमकमा रहेको असहाय मानव सेवा समाज दमकले केहि दिन अघिदेखि खाना खुवाउने अभियान शुरु गरेको हो ।

लक डाउनको कारण बजारका प्राय पसल र होटलहरु बन्द छन् । सडकमा अलपत्र अवस्थामा रहेका ति ब्यक्ति हरुले अरु बेला कही कतै बाट खानाको जोहो गर्ने गरेको भए पनि हाल त्यो सबै बन्द रहेको छ । यस्तो बेलामा सडकमा अलपत्र अवस्थामा रहेकाहरुका लागि समाजले खाना खुवाउने अभियान संचालन गर्न थालेको हो । असहाय मानव सेवा समाज दमकले हाल सुरु गरेको यो अभियानमा दैनिक ४० देखि ५० जनालाइ खाना खुवाउन थालिएको छ । मानवीय सेवामा समर्पित रहने उदेश्यले खोलिएको समाजका पधादीकारी नै स्वंयमसेबी भएर खटि रहेका छन् । महिलाहरुको नेतृत्व रहेको सस्थामा केही पुरुष सदस्य हरुले सघाउने गरेका छन् । हरेक दिन सबै जना मिलेर खाना तयार गर्छन र बिहानको दश बजे पछी खाना लिएर दमकको चौक बाजर तिर लाग्छन । बाटामा अलपत्र अवस्थामा भेटिएकाहरुलाई असहाय मानव सेवा समाजले खोजिखोजि खाना खुवाउने गरेको छ । हाल दैनिक ४० जनाभन्दा बढिसम्मलाई खाना खुवाउन थालिएको छ ।

सडकमा अलपत्र रेहेका जो कोहीलाइ खाना खुवाएर उनिहरुको भोक भर्ने अभियान विशुद्ध मानवीय सेवा गर्ने उध्येश्यका साथ यो कार्य सुरु गरीएको संस्थाकी अध्यक्ष चेतना निरौलाले बताइन । खाना प्याक गरेर खाने मान्छे खोज्दै उनिहरु जस्तो अवस्थामा छन् त्यस्तै अवस्थामा पुर्याएर दिने गरेको संस्थाका सदस्य श्याम तिम्सनाले बताए । उनले भने( खाना लिएर खोज्दै हिड्छौ जहा भेट्छौ त्यहा दिन्छौ कहिले काही दमक पुरै घुमेर भए पनि खाना खुवाउन पाउदा खुसि छुट्टै आनन्द मिल्ने गरेको छ ।

सुरुमा संस्थाकै सदस्य मिलेर केही रकम संकलन गरि शुरु गरेको यो अभियानमा हाल बिभिन्न दाताहरुबाट प्राप्त सहयोग हुन थालेको संस्थाकी कोषध्यक्ष सीता दुलाल उप्रेती बताइन् । उनले भनिन् मानविय कार्यको लागि यो अभियान सुरुगरेका छौ । सहयोग गर्न चाहानुहुने जो कसैले सहयोग गर्न सक्नु हुनेछ ।

खाना खुवाउनको लागि संस्थाको कुनै गतिलो श्रोत छैन । हाल दैनिक चार देखि पाँच हजार खर्च हुने गरेको छ । तर पनि लकडाउन अवधिभर कसैलाई पनि भोकै बस्न नदिने संकल्पका साथ यो अभियान शुरु गरीएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here