दमकका दुइ आश्रमलाइ अमेरिका निवासी गोमा ओलीकाे सहयाेग

0
635

झापा /  दमक झापामा रहेका दुइ सस्था जेष्ठ नागरीक बृद्व आश्रममा र  हाम्राे बाल अश्रमलाइ अमेरिका निवासी गोमा ओलीले  सहयाेग गरेकी छन् ।

 हाल  काेराेना भाइरसकाे महामारीकाे कारण सरकारले  देशभर लक डाउनकाे घाेषणा गरेकाे दुइ महिना बितिसकेकाे छ । यस्ताे संकटकाे बेला आफ्नै परीवार बाट बिभिन्न कारण बिछाेडिएर आश्रममा बस्नु परेका बृद्व ताथ बाल बालिकालाइ खानपानकाे समस्या नहाेस्  भनि दमक ४ मा रहेकाे रत्न जेष्ठ नागरीक बृद्व आश्रम र दमक २ मा रहेकाे हाम्राे बाल आश्रमलाइ दमक ५ घर भइ  हाल अमेरिकाको सिकागो निवासी गोमा ओलीले आफ्नी स्वर्गिय आमा नरमाया ओलीको नाममा दुवै संस्था लाइ नगद ५ हजार एक सय रूपैया काे दरले आर्थिक सहयाेग प्रदान गरेकी छन् ।

दमक उधोग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का मार्फत आएकाे उक्त रकम र केही खाधान्न समेत आज दुवै संस्थामा पुगेर हस्तान्त्रण गरीएकाे दमक उधोग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले बताए । हस्तान्त्रण कार्यक्रममा लायन्स क्लब अफ दमक धनेश्वरका अध्यक्ष किरण भण्डारी, समाज सेवी विमल शर्मा, लायन्स क्लब अफ दमक युनाइटेडका पुर्व अध्यक्ष सन्दिप बस्नेत हाम्राे बाल आश्रमका सचिब साजन श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

हाल रत्न जेष्ठ नागरीक बृद्व आश्रममा ८ जना बृद्व बृद्वा र दमक २ मा रहेकाे हाम्राे बाल अश्रमका  ७ जना बाल बालिका रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here