रोटरी क्लब अफ दमकले शुरु गर्यो बिपन्न बालबालिका लागि घर घरमा शिक्षा अभियान

0
775

दमक, ११ जेठ / रोटरी क्लब अफ दमकले बाल बालिकाहरु लाई शैक्षिक सामाग्री बितरण कार्यक्रम शुरु गरेको छ ।

 

लक डाउनको कारण लामो समय देखि बिध्यालय हरु बन्द रहेका छन् । केही निजी बिध्यालयले बिध्यार्थीलाई इन्टरनेट कक्षा संचालन गरेको भए पनि सामुदायीक बिध्यालयका बाल बालिकाहरुमा इन्टरनेटको पहुच छैन। परिवारमा समेत आर्थिक अभाव भएको कारण बालबालिका अहिले शिक्षा बिहिन भएका छन् ।

यही अवस्थालाई मध्य नजर गर्दै रोटरी क्लब अफ दमकले बालबालिकाहरुले पढ्ने बाट बन्चित नहुन् भन्ने उध्येश्यका साथ सामाजिक दुरी कायम गर्दै आज देखि बाल बालिकाको लागि सरसफाइ र शिक्षा भन्ने उधेश्य अनुरुप यस्तो अभियान शुरु गरेको हो ।

क्लबले आज दमक नगरपालिका वडा नम्बर ४ ताराबारीमा अवस्थित ताराबारी आधारभुत बिद्यालयका शिक्षकको संन्वयनमा उक्त बिध्यालयमा अध्ययनरत र वरपरका बिपन्न तथा जेहेन्दार २५ जना ,बिद्धाेदय अाधारभुत स्कुल र आसपासका २५ जना विद्यार्थीहरुलाई आवस्यक पर्ने शैक्षिक सामाग्री बिध्यालयका प्रतिनिधि लाई प्रति बिध्यार्थी, स्कुल ब्याग १ थान ,कापि ६ थान,पेन्सिल २ थान, सापनर १ थान, ईरेजर १ थान, हात धुने सचेतना पर्चा १ थान, साबुन १ थान बितरण गरेको छ ।

देशमा बिद्यमान कोरोना भाइरसको माहामारी लाई ख्याल गर्दै रोटरी र रोट्याक्ट क्लबले आजै सामाजिक दुरी कायम गरि दमक ४ का ७ जना बिपन्न बालबालिका लाई घरैमा पुगेर समेत उक्त सामाग्री हस्तान्तरण गरेको छ ।

बालबालिका लाई पढाइ सगै सरसफाइ पनि आवश्यक भएको कारण शैक्षिक सामाग्रीको साथमा हात धुने सचेतना पर्चा, साबुन र हात धुने प्रकृया समेत सिकाएको रोटरी क्लब दमकका अध्यक्ष सन्दिप चापागाईंले जानकारी दिए ।

सबै शैक्षिक सस्थाहरु बन्द भएर बालबालिकाहरु घरमै बसीरहेको यो खालि समयमा विद्यार्थीहरु अध्ययन कार्यमा ब्यस्त रहुन र अनावश्यक कार्यमा नजाउन भनेर कार्यक्रम गरिएको शैक्षिक सामाग्री बितरण कार्यक्रमका सम्योजक शान्तिराम निरौलाले बताए ।

क्लबले हाल दमकको बिभिन्न स्थानमा रहेका बिपन्न तथा जेहेन्दार ९३ जना बाल बालिकाहरु पहिचान गरेर शैक्षिक सामाग्री बितरण कार्य सुरु गरेको छ । सामाग्री बितरण सगै क्लबले समय अनुकुल पारेर निगरानी समेत गर्ने जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here