ईदको बिदा आज होइन भोलि : गृह मन्त्रालय

0
291

काठमाडौं, ११ जेठ  । सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याउँदै अर्को सूचना जारी गरेको छ । विदा जेठ १२ गते सोमबारका लािग दिइएको जनाइएको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले जेठ ११ गते आइतबारका लागि ईदको सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको थियो ।

तर, गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याउँदै ईदको सार्वजनिक बिदा सोमबार दिइएको जनाएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here