भारतिय सिमाबाट उद्धार सुरु, ११४ जनालाई दमकको क्वारेन्टाईनमा राखियो

0
937

दमक,८ जेठ / दमक सहित देशका बिभिन्न भागका नेपालीहरुलाई गए राती दमकको क्वारेन्टाइनमा ल्याएर राखिएको छ ।

उनिहरु सिमामा केहि दिन अघिदेखि अलपत्र अवस्थामा रहेका थिए । उद्धारको पर्खाइमा रहेका ११४ जनालाई गए राती उद्धार गरेर दमक ल्याईएको हो ।

दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसार गए राती ५६ पुरुष र ५८ महिला गरी ११४ जनालाई दमक ४ स्थित मानसरोबर कलेज र मदन भण्डारी स्मृति प्रतिष्ठानको सिएमए कलेजमा राखिएको छ ।

यस अघि अघिल्लो दिनमात्रै त्यहाँ रहेको क्वारेन्टाईनमा ३ जना पुरुष र १ महिलालाई राखिएको थियो । हाल क्वारेन्टाईनमा रहनेको संख्या ११८ पुगेको छ । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र आजबाट आवश्यक जाँच लगायतको प्रक्रिया शुरु गरिने बरालले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here