थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो

0
325

काठमाण्डौँ, ८ जेठ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।

संक्रमितहरु मध्ये झापा कचनकवल गाउ पालिकाका निवासी १५ जना १८ देखी ४६ बर्षका पुरुष रहेका छन् । त्यस्तै धरान १ जना ५१ बर्षीय महिला र धनकुटा निवासी १ जना ३४ बर्षीय पुरुष रहेको मन्त्रालयले जानकारी गराएको छ ।

उनिहरु सबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here