यस्तो संकट र त्रासको अवस्थामा नागरीक स्यंम जिम्मेवार बन्नुपर्छ : उप प्रमुख गिता अधिकारी

0
819

दमक,८ जेठ । नेपालभर कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहदा झापाको दमकमा लकडाउन एकदमै खुकुलो बन्दै गएको छ ।

झापामै पनि संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा दमकमा भने भिडभाड बढ्दै गईरहेको छ । भिड बढ्दै जानुमा स्थानीय तह, प्रहरी, प्रशासनको कमजोरी त छदैछ तर यसमा मुख्य जिम्मेवार स्यंम यहाका नागरिक नै रहेका छन् । आखिर लकडाउन किन खुकुलो बन्दै गईरहेको छ त यस बिषयमा दमक नगरपालिकाकी उप–प्रमुख गीता अधिकारी लकडाउन लम्बिदै जानु , नागरिकले संकटको अवस्थालाई राम्रो संग मनन गर्न नसक्नु तथा केही हद सम्म स्थानीय तह तथा प्रहरी प्रशासन कडाईका साथ नउत्रनु नै प्रमुख रहेको बताइन् ।

उनका अनुसार यस्तो संकट र त्रासको अवस्थामा नागरीक स्यंम जिम्मेवार बन्नुपर्छ । दमकमा एक पटक संक्रमण देखिएको र केहीको परिक्षण समेत भईसकेको अवस्थामा कोरोना सकियो भनेर बाहिर निस्कनु बुद्धिमानी नहुने अधिकारीको तर्क छ । उनले लकडाउन खुकुलो हुनुमा प्रहरी प्रशासन अलि कडा रुपमा प्रस्तुत नभएर पनि यस्तो भएको हुन सक्ने बताइन ।

संकटको अवस्थामा प्रहरी प्रशासन र स्थानीय तहले कडाईका साथ लकडाउन पालना गर्नुपर्ने हैन र भन्ने जिज्ञासामा उनले एउटा पाटो त्यो भए पनि यसबेला नागरिक नै जिम्मेवार बन्नु पर्ने बताइन् ।

नगरपालिका, प्रहरी प्रशासन कडा रुपमा उत्रनु भन्दा अघि नै उनले धैर्यताका साथ लकडाउनको पालना गर्न सबै नागरिक संग अनुरोध समेत गरेकी छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here