कांग्रेस क्षेत्रीय समितिले गर्याे क्यालेण्डर विमोचन र भवन सिलान्यास एक साथ

0
444

दमक, ७ जेठ / नेपाली कांग्रेस झापा गौरादह नगर समितिको भवनको आज शिलान्यास गरिएको छ । गौरादह नगरपालिका वडा न २ मा काङ्ग्रेस संस्थापक तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोइरालाको सम्झानामा बि. पि. स्मृति भबन बन्ने भएको हाे ।

उक्त स्थानमा स्थानिय सामाजिक व्यक्तित्व टुराई शाह तथा वहाँका सुपुत्र गौराद नगर प्रमुख रोहित कुमार शाहले १ कट्ठा ५ धुर र मिना कुमारी राजबंशीले २ कट्ठा गरी कुल ३ कट्ठा उपलब्ध गराएकाे  जग्गामा भवन निर्माणको लागी गौरादह नगरपालीकाले १२ लाख रुपैयाँ बिनियोजन गरेको छ । निर्माण हुने भवनको शिलान्यास प्रजातान्त्रका सेनानी डिल्ली प्र. सेडाईंले  गरेकाे कांग्रेस क्षेत्रीय सभापती ढुण्डीराज भण्डारी जानकारी दिए ।

 त्यसैगरी सोहि कार्यक्रममा पार्टिको क्षेत्रीय समितिले प्रकासन गरेको २०७७ सालको क्यालेण्डरको समेत बिमोचन गरिएको छ । साविक झापा क्षेत्र नम्बर ५ र ६ समायोजना भइ क्षेत्र नम्बर ५ बनेपछि संयुक्त रुपमा क्यालेण्डर प्रकाशन गरिएको आर्थिक समिति सम्योजक तथा गौराद वडा नम्बर २ का वडाध्यक्ष हेमन्त कार्कीले बताए ।

 पार्टिका स्थानिय देखी जिल्ला नेताहरुको सभागीता रहेको कार्यक्रमको सञ्चानल गौरादह नगर सभापती यादवराज सेढाईंले गरेका थिए भने कांग्रेस झापा जिल्ला सभापती उद्धव थापाले भिडियो कन्फरेन्स मार्पmत बिषेस सम्बोधन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here