दमक उधाेग वाणिज्य संघ र दमकका सहकारी बिच भयाे यस्ताे भद्र सहमती

0
3880

दमक /  दमक उधाेग वाणिज्य संघ र दमकका सहकारी बिच बिभिन्न बुदामा सहमति भएकाे छ ।

यस्ताे बिसम अवस्थमा वित्तिय संस्थाहरुको किस्ता तथा व्याज,घरभाडा,कर्मचारी पारिश्रामीक, कर तथा राजश्व, जस्ता अनेकौ खर्च धान्न अत्यन्त कठिनाई भई रहेको अवस्था लाई मध्यनजर गर्दै  ब्यापारीहरूकाे हितकाे लागि  सहकारीका प्रतिनिधि हरूसंग तथा  संस्थाशरू संग दमक उधाेग वाणिज्य संघले संघकाे सभा हलमा आज  छलफल गरेकाे छ ।

छलफलमा विश्वव्यापी महामारीको रुपमा फैलदै गरेको कारोना भाईरस कोभिड–१९ को संक्रमणका कारण  निजिक्षेत्रले कुनै पनि आर्थिैक गतिविध तथा उद्योग व्यवसाय ठप्प हुदा आर्थिक गतिविधी सुन्य आवस्थामा रहेको बेला बैक तथा वित्तिय संस्थाहरुको किस्ता, व्याज जस्ता कुरामा छलफल भएकाे दमक उधाेग वाणिज्य संघ अध्यक्ष गाेकुल श्रेष्ठले जानकारी दिए ।

छलफलमा उद्यमी व्यवसायीहरुले लिएको कर्जाको व्याजमा विशेष किसिमको छुट तथा सुविधा उपलव्ध गराउने, तथा व्यवसायीले लिएको कर्जामा लकडाउन अवधिभर किस्ता तथा व्याज असुल नगर्ने साथै यस क्षेत्रका  सम्पुर्ण सहकारी संस्थाहरु भाइचारको रुपमा एकजुट भई आपसी साथ सहयोग र समन्वय गरि संचालन गर्ने जस्ता निर्णयहरू भएकाे अध्यक्ष श्रेष्ठले प्रदेश आवाज डटकम लाइ बताए ।

छलफलमा संघका अध्यक्ष गाेकुल श्रेष्ठ बरिष्ठ उपाध्यक्ष, देवि प्रसाद गुरागाइ, प्रथम उपाध्यक्ष राजु खड्का, द्वितिय उपाध्यक्ष राजकुमार याेङ्या, तृतिय उपाध्यक्ष रमा लिम्बु , पुर्व अध्यक्ष प्रकास प्रसाइ र सहकारीकाे तर्पबाट जिल्ला सहकारी संघ झापाका संचालक प्रेम काेइराला, जिल्ला सहकारी संघ झापाका लेखा सदस्य चुडामणी अाेजा, राष्ट्रिय सहकारी कर्मचारी महासंघ केन्द्रिय सचिब खाेम बगाले, जिल्ला बचत तथा ऋण सहकारी  संघ उपाध्यक्ष तुला राम न्याैपाने,जिल्ला बचत तथा ऋण सहकारी  संघ  संचालक सदस्य कमल घिमिरे, बचत तथा ऋण सहकारी  संघ पुर्व केन्द्रिय सदस्य चन्द्राकुमारी खड्का , बैक तथा बित्तिय संस्था कर्मचारी युनियन केन्द्रिय सदस्य निलकण्ठ निराैला,  सहकारी कर्मी अरूण भण्डारी लगायतकाे उपस्थिती रहेकाे थियाे । उपस्थित भेलाले निम्म अनुसार निर्णय गरेकाे छ ।
निर्णयहरू

१.कर्जाको व्याजमा न्यूनतम् १० प्रतिशत छुट सुविधा उपलव्ध गराउने ।
२.व्यवसायीहरुले लिएको कर्जामा लकडाउन अवधिभर किस्ता तथा व्याज असुल नगर्ने ।
३.किस्ताको हर्जनामा छुट दिने ।
४.किस्ताको अवधि कर्जाको सिलिङ्ग र संस्थाको अवस्था हेरी १ बर्ष देखी २ बर्ष सम्मको अवधि थप गरिने ।
५.कर्जाको किस्ता नबुझाएपनि व्याज मात्र बुझाएमा छुट दिने
६.लकडाउन अवधिमा समेत सहकारीका कर्मचारीहरुको पारिश्रामिक अनिवार्य रुपमा उपलव्ध गराउने ।
७. सकेसम्म सवै सहकारीहरुले समय मिलाएर कम्तिमा हप्ताको २ पटक खुल्ला राख्ने व्यवस्था मिलाउने ।
८. आगामि दिनमा सहकारी संस्थाले कर्जा लगानी गर्दा दमक उद्योग वाणिज्य संघको सदस्य लिए नलिएको हेरी सकेसम्म व्यवसायी कर्जामा दमक उद्योग वाणिज्य संघको दर्ता प्रमाण–पत्र माग गर्ने ।
९. बन्दावन्दि समाप्त भएपछी सहकारी संस्थाहरुलाई पर्न सक्ने समस्यालाई सहजीकरण गर्नका लागि दमक उद्योग वाणिज्य संघ, सवल सहकारी संस्था , विषयगत तथा जिल्ला संघको संयुक्त योजना बनाई आगामी भेलामा छलफल गर्ने ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here