अबदेखि जोसुकैले पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने

0
294

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सार्वजनिक स्वास्थ्य संस्थामा जोसुकै व्यक्तिले पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने बताएको छ । मंगलबारको मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोर्टिङ गर्ने सर्त अनिवार्य पालना गर्ने गरी लक्षण नभएकाले पनि परीक्षण गर्न पाउने बताए ।

उनले आरडीटी र पीसीआर परीक्षण स्वेच्छाले गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकहरुले तोकिएका सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गएर तोकिएका दररेटमा परीक्षण गराउन सक्ने बताए । उनले नीतिगत निर्णय गरेको बताउँदै यसले परीक्षणको दायरा बढ्ने बताए ।

प्रवक्ता देवकोटाले मापदण्डअनुसार शुल्क निर्धारण गर्नेसमेत उल्लेख गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here