दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माविमा ‘होल्डिङ एरिया’, स्थानिय द्वारा बिरोध

0
310

दुधे, ६ जेठ–झापाको शिवसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक बिद्यालयमा होल्डिङ एरिया निर्माण गर्ने विषयमा आज बिबाद भएको छ । भारतसँग जोडिएको सीमामा अलपत्र परेका नेपालीहरुलाई घर ल्याउने भएपछि, शिबसताक्षी नगरपालिकाका बासिन्दाहरुको निम्ति होल्डिङ एरिया निर्माण गरिने भएको हो । यसबीच दुधे बजारवासीहरु बजार क्षेत्रमा अवस्थित विद्यालयमा होल्डिङ एरिया निर्माण गर्न नहुने भन्दै बिरोधमा उत्रिएका छन् ।

सोमबार बसेको बैठकले दुधेको उक्त सामुदायीक विद्यालयलाई होल्डिङ एरिया निर्माणका लागि निर्णय गरेको थियो । मंगलबार नगर स्तरीय सर्वदलीय समन्वय समितिले पालिकाको निर्णयलाई ऐक्यबद्धता जनाएपछि होल्डिङ एरिया तय भएको हो । सुरक्षित एरिया र पूर्वाधार सम्पन्न भवन रहेको स्थानलाई होल्डिङ एरियाको रुपमा प्रयोगमा ल्याइन लागिएको हो ।

भारतबाट आएकाहरुलाई तत्काल होल्ड गरेर सुरक्षित साथ राखिने र स्वास्थ्य चेकजाँच गरी आवश्यकता अनुरुपको अन्य प्रकृयामा जाने गरी व्यवस्था मिलाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । भारतबाट आएका नेपालीलाई गन्तव्य सम्म पुर्याउनका लागि होल्डिङ एरिया स्थापना गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाले बताए । उनले सिमा र होल्डिङ एरियामा सुरक्षा सर्तकता समेत बढाइएको बताएका छन् ।

झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले भारतबाट आएका नेपालीलाई फिल्टर गरेर होल्डिङ एरियामा राखिने बताए । उनका अनुसार जिल्लाका मेचीनगर, भद्रपुर, विर्तामोड, शिवसताक्षी लगायतका पालिकामा होल्डिङ एरिया स्थापना भएका छन् । ‘बढीमा ३ दिन सम्म भारतबाट आएकालाई होल्डिङ एरियामा राखिने छ । त्यसपछि यातायात लगायतका अन्य आवश्यक व्यवस्था गरेर उनिहरुको गृह पालिका सम्म पुर्याउने गरिन्छ ।’ उनले भने ।

काकडभिट्टा नाका हुदै झापाका होल्डिङ एरियामा १ हजार ५० जनालाई राखिने भएको छ । उनिहरु मंगलबार साँझ सम्ममा नेपाल आईपुग्ने प्रहरी उपरीक्षक कोईरालाले बताए ।

बैठकमा नेकपाका डिल्लीरमण खतिवडा, नेपाली कांग्रेसका पर्शुराम ढुँगाना, संघिय समाजवादीका जापान थेवे, लिम्बुवानका प्रकाश लिङदेन, राष्ट्रिय जनमुक्ति पार्टीका झापा अध्यक्ष भवानिवीक्रम सेलिङ, राप्रपाका मणी खपतरी खड्का, उध्योग बाणीज्य संघका शिवसताक्षी अध्यक्ष भोला मैनाली सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक अशोककुमार साक्य लगायतको सहभागिता थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here