नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो

0
349

काठमाडौ , ६ जेठ / थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।

यससँगै कुल संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएर घर फर्केका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here