लिपुलेक र कालापानी हाम्राे हाे, त्याे मजाक हैन फिर्ता ल्याएर छाड्छौ – प्रम ओली

0
276

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता लिएरै छाड्ने  बताएका छन्

प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले अब लिम्पियाधुरा ओझेल पर्न वा सेलाउन नदिइने बताएका हुन् ।

उनले भने–‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, म प्रधानमन्त्रीको हैसियतले भन्छु अब यो ओझेल पर्ने छैन, सेलाउन दिइने छैन, यसकाे निश्कर्ष निकालिन्छ, हाम्राे भूमि फिर्ता लिएर छाड्नेछाैँ ।’

उनले भने- ‘लिपियाधुरा, कालापानी, लिपुलेक लगायत जमिन हाम्रो हो, ०१८ सालसम्म नेपालले तिरो उठाउने गरेको थियो । तर १९६५ मा कालापानीमा भारतीय सेना बसेपछि नेपालीलाई छिर्न दिइएन, लामो समयदेखि त्यो विषय ओझेलमा पर्‍याे तर, अब त्याे ओझेल पर्न दिइने छैन ।’

भारतसँग ठाेस कुटनीतिक पहल गरेर भूमि फिर्ता ल्याइने बताउँदै उनले भने – ‘कोही रिसाउँछ भनेर होइन र हामीले अर्घेल्याई गरेका छैनौं, कुटनीतिक माध्यमबाट ठोस पहल गरिने छ, यही अठोट साथ हामीले नीति कार्यक्रममा उल्‍लेख गरेका थियौं त्यो पुरा गर्‍याैं ।’

प्रधानमन्त्री ओलीले भूमि फिर्ता लिनकै लागि नक्सा जारी गरेको बताए । उनले भने ‘हामी हाम्रो जमिन फिर्ता ल्याउँछौँ, यो कुनै तथाकथित राष्ट्रवाद देखfउन ल्याएको हाेइन, कुनै तमासा गरिएको हाेइन, यो यथार्थमा फिर्ता लिनकf लागि गरिएको हो ।’

‘कुनै देशको भूगोल र जनसंख्याले ठूलो वा सानो नहुने बताउँदै कसैको हेपाइ नसहने उले प्रष्ट पारे । उनले भने – ‘हामी हाम्रो भूमि फिर्ता लिन्छौँ सत्यमेव जयते ।’

नेपालको नयाँ नक्सा पारित भइसकेको बताउँदै उनले त्यो आज वा भोलि नै पारित हुने बताए । सदनको यही अधिवेशनले संविधान संसोधन गरि नेपालको नयाँ नक्सालाई राष्ट्रिय मान्यता दिने उनले बताए

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here