दमकका केही निजि बिध्यालयले शिक्षकलाइ दिनुपर्ने तलब नदिएको गुनासो

0
814

दमक /  हाल कोभिड-१९ को कारण  देश पुर्ण रूपमा लकडाउनमा छ। लकडाउनका कारण सर्वसाधारणमा समेत असहज परिस्थिति उत्पन्न भएको छ । याे अवस्थाम  दमकका केही निजी बिध्यालयले शिक्षकलाइ दिनुपर्ने तलब नदिएको    कारण  आफुहरू मार्का परेकाे शिक्षकहरुले गुनासो पोखेका छन।

दमककै कुनै निजि बिद्यालयले कोठा भाडामा बस्ने आफ्नो शिक्षक र बिपन्न बिध्यार्थीको मर्म बुझेर राहत बितरण गरेको पनि पाइएको छ । तर नाम चलेका केही बिद्यालयले भने शिक्षकले मेहेनत गरेको तलब नदिदा उनिहरु गुजारा गर्न गाह्राे भएकाे बताउएका छन् ।

आफुहरू दिनरात नभनी खटेकाे भए पनि बिद्यालयले गत बर्षकाे  फाल्गुन देखिकाे तलब हाल सम्म नदिदा मार्कमा परेकाे बताउन् । बिद्यार्थीबाट भने चैत्र मसान्तसम्मको पुर्ण शुल्क लिइसकेको भए पनि आफ्नो शिक्षकलाइ तलब दिन नसक्नु बिद्यालयको हेपाइ र अशोभनीय कार्य गरेकाे उनिहरूकाे भनाइ रहेकाे छ ।

नेपाल सरकार इस्टु लगायतको शैक्षिक संगठनले भने चैत्रसम्मको तलब शिक्षकलाइ अनिवार्य दिनुपर्ने घोषण गरेता पनि दमकका केही बिध्यालयले तलब नदिएकाे पाइएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here