झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिए

0
1331

विराटनगर, ६ जेठ । प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गरिन् ।

उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उनीहरु झापाको केचनकवल गाउँपालिकाका हुन् ।  यहाँका एक युवकमा सोमबार कोरोना पुष्टि भएको थियो । संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । तिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएकाे जानकारी दिए ।

कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् । योसँगै सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here