कोरोना संक्रमितको उपचारमा संलग्न नर्सलाई नै संक्रमण

0
316

१ जेठ, काठमाडौं । वीरगञ्जस्थित कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको छ ।

बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये ३६ वर्षीया महिला नर्स हुन् । अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिइन ।

यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here