दार्चुलाको छाङरुमा प्रहरी पोस्ट स्थापना

0
428

दार्चुला, वैशाख ३१ । दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरुमा सीमा सुरक्षा पोस्ट स्थापना गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सशस्त्र प्रहरीको पोस्ट स्थापना गरिएको हो । बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र र नेपाल प्रहरीको टोलीलाई त्यहाँ उतारिएको हो ।

सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापासहित २५ जना सशस्त्र र ९ जना नेपाल प्रहरीको टोली त्यहाँ पुगेको हो ।

प्रहरी निरीक्षकको कमान्डमा चेकपोस्ट रहने छ । उक्त क्षेत्र भारतले नेपाली भूमि मिचेर सडक बनाएको लिपुलेकभन्दा १३ किलोमिटर तलपर्ने जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here