काठमाडौं, १ जेठ । नेपालमा थप ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु काठमाण्डौ दहचोक का ७ बर्षिय पुरुष , घनुषा जनकपुर निवासी १७ बर्षिय महिला र धादिङ निवासी ३० बर्षिय महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जनाएका छन् ।
उनका अनुसार उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको छ । हाल सम्म ३६ जना निको भएर घर फर्केि सकेका छन् ।