काठमाडौं, ३१ वैशाख । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देही जिल्ला निवासी २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ पुरूषहरू र ४,१०,२८ बर्षीय महिलाहरू, कपिलवस्तु निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ पुरूषहररू पर्सा निवासी ३६, ७४ बर्षीय पुरूषहरू र ३६ बर्षीय महिला र नवलपरासी निवासी ३६ बर्षीय पुरूष रहेका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
उनिहरू सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।