काठमाडौं, ३१ वैशाख । नेपालमा बुधबार थप दुइ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धुलिखेल र काठमाडौंमा गरिएको परीक्षणमा बाँके नेपाल गञ्ज ८ निवासी ३६ वर्षका पुरूषमा र कपिलवस्तु नपा ५ का २२ वर्षका पुरूषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनिहरूकाे स्वास्थ्य सामानय रहेकाे मन्त्रालयले जनाएकाे छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको भने ३४ जना निकाे भएर घर फर्केका छन् ।