वडा कार्यालयकाे समन्वयमा कांग्रेस युवा नेता रबि न्याैपानेले बाढे राहत

0
390

दमक , ३१ बैशाख / नेपाली कांग्रेस झापा जिल्ला सदस्य  रबि न्यौपानेले पार्टीको दमक ८ वडा समिति मार्फत दमक ८  वडा कार्यायलकाे संमन्वयनमा  मंगलबार वडा भित्रका बिपन्न परिवारलाई राहत वितरण गरीएकाे छ ।

लामो समय देखीको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने वडा भित्रका १२७ परिवारलाई परिवार संख्या का आधारमा प्रति परिवार १०,२०,२५ केजी का दरले राहत उपलब्ध गराईएको वडा सभापती उमाकान्त ढुंगानाले जानकारी दिए । ढुंगानाका अनुसार  न्यौपानेले २१ सय केजी चामल र सभापति ढुंगानाले १३० पोका नून राहत का लागी सहयोग प्राप्त भएको बताए । लामो समय देखीको लकडाउनले खाना खानै समस्या परेको भन्दै वडाभित्रका नागरिकहरुले पार्टिमा आग्रह गरे अनुसार १२७ परिवारलाई राहत उपलब्ध गराईएको उले बताए ।

दमक ८ का लक्ष्मी मार्ग ,शान्ति नीराजन ,नमुना,लक्ष्मी टोल,बलुवाटार टोल ,रतुवामार्ग ,नब सृजना ,आइतबारे, मकालु टोलका  जम्मा १२७ बिपन्न परिवारलाई करिब १ लाख २० हजार मूल्य बराबर को खाद्यान्न बितरण भएको दमक कांग्रेस का सह सचिब दिपेश दाहालले बताए ।

राहत वितरण कार्यक्रममा वडा न .८ का वडा अध्यक्ष पशुपतिराज गौतम को रोहबर मा नेपाली कांग्रेस महासमिति सदस्य दिल बहादुर बुढाथोकी ,मेदनीप्रसाद सिटौला, नेपाली कांग्रेस जिल्ला सदस्यहरु उमाकान्त आचार्य, मेनुका बुढाथोकी ,बिक्रम अधिकारी,महाधिबेशन प्रतिनिधि रोशन गौतम ,क्षेत्रीय सभापति ढुणडीराज भण्डारी नगर सभापति रोशन बिस्ट सहित स्थानिय नेता मीना कोइराला, चन्द्र खत्री, परशुराम रिजाल ,किरण थापा ,ने बि संघ झापा उप सभापति भवानी काफ्ले लगायतको उपस्थिति रहेको थियो  ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here