अन्याेलमा खाडिका श्रमिक : भन्छन स्वस्थ्य हुँदै घर जान पाएहुन्थ्याे

0
549

 ✍मिलन अधिकारी  /  नेपाल पाेखरा घर भएका बलबहादुर मगर बिगत ९बर्षदेखि युएईकाे दुबई स्थित ईमिर्ट्स फ्लाईट क्याटरिगं कम्पनिमा काम गर्छन । तर शनिवार कम्पनिले उनलाई आफ्नाे राजिनामा बुझाईदिनु भनेर खबर गर्याे । उनिमात्र हैन कम्पनिमा कामगर्ने अधिकांस कामदारलाई यस्तै प्रकारकाे निर्देशन दिएकाे उनले सुनाए । उनी भन्छन” कम्पनिले ब्रिफिगं गरेकाे थियाे , काेराेनाकाे कारणले कम्पनिमा काम छैन , कम्पनिले कामदार राख्न सक्दैन रिजाईन (राजिनामा)पेपर सबैले बुझाउनु “। उनले अगाडि भने घर गएकालाई पनि नफर्रकाउने भनेकाे छ कम्पनिले । नेपाल सरकारले लकडाउन गरेकाे कारण अन्तर्राष्ट्रिय उडान बन्द छ । यहाँ अचानक हामिलाई राजिनामा गर भन्दैछ , कम्पनिले भनेपछि गर्नैपर्याे , तर कसरी घरजाने उडान कहिले खुल्ने हाे थाहाछैन ।  अन्याेलमा परियाे !

त्यस्तै समस्या छ झापाकाे बाहुनडांगि घर भई ३बर्षदेखि दुबईमा रहेका सम्भु परियारकाे । दुबईकाे एउटा कामदार सप्लाई गर्ने कम्पनिमा बिदेश आएका उनी बिगत २महिना देखि काम बिहिन भएर बसेका छन । त्यहि कम्पनि मार्फत अबुधाबिकाे एउटा हाेटलमा काम गर्दै गरेका उनलाई हाेटल बन्द भएपछि , कम्पनिले रुममा राखेकाे छ । उनी भन्छन “काेराेनाकाे कारण हाेटल बन्द भएपछि , हाेटलले म सहित कामगर्ने सबैलाई निकाल्याे , सप्लाई कम्पनिले बस्ने दिएकाे छ । खान आफ्नै पैसाले खानुपर्छ , कम्पनिले खानकाे काटेर ३ सय दिराम दिन्छु भनेकाे छ “। उनले अगाडि थपे “काम बिहिन भएर रुममा बसेेकाे २महिना भन्दा धेरै भईसक्याे कम्पनिले फेरि काममा फर्काउँछ , फर्काउँदैन थाहा छैन , केही भनेकाे छैन “। उनलाई थाहानै छैन अब के गर्ने ? उनले रिजायन दिएका त छैनन तर कम्पनिले भाेलि के गर्ने हाे भन्नेमा उनी अन्याैलमा छन ! अर्का कामदारकाे भिसा सकिएकाे १ महिनाभन्दा धेरै भईसक्याे ।

“कामपनि छैन , घर फर्कने टुंगाेपनि छैन ”

बुटवल घर भएका कर्ण भुजेलले भने । ३ बर्षदेखि युएईमा सप्लाई कम्पनिमै हस्पिटालिटीमा कामगर्ने उनि साढे दुई महिनादेखि काम बिहिन भएर काेठामै बस्नुपरेकाे छ । “कम्पनिले काम पनि दिएकाे छैन , मेराे भिसाकाे अबधि पनि सकिसक्याे” कर्णले भने । अढाई महिनादेखि काम बिहिन भएका उनले १ महिना अघि नै घर जाने भनेर कम्पनिलाई राजिनामा बुझाएका थिए । नेपालमा लकडाउनका कारण यतै राेकेर राखेकाे छ , कहिले खुल्ने हाे र घर जानपाईने हाे भन्नेमा अन्याेलमा छु उनले भने !

घर जाने तयारिमा रहेका र काम बिहिन भएर बसेका श्रमिकहरुमा नेपालले उडान नखाेलेका कारण आउने दिनमा के हुने हाे भन्ने अन्याेल बढेकाे छ । त्यसमाथि घर फर्कने र काम नभएका श्रमिकलाई कम्पनिले एउटै क्याम्पमा जम्मा गरेर राखेका कारण संक्रमणकाे जाेखिम उत्तिकै छ ।

” यहाँ हामिसंगै अहिले पनि काममा जादै गरेका अन्य विभिन्न देशका श्रमिकहरु पनि बस्छन् “

नेपाल माेरङ रंगेलिका संजिब मंण्डलले भने । एउटै क्याम्पमा नेपाल ,भारत , पाकिस्तान , बंगलादेश ,श्रिलंका , फिलिपिन्स लगायत अफ्रिकाका श्रमिकहरुलाई पनि राख्ने कारण क्याम्पमा बस्न पनि असुरक्षित रहेकाे उनि बताउँछन । बस्नलाई एउटा काेठामा ४ जना राखेकाे छ तर त्यसमा काममा जाँदै गरेका पनि हुन्छन । उनिहरु बाहिर जाने , आउने गर्दा आफु काेठैमा बसेर कतै नजादा पनि सुरक्षित छाै जस्ताे लाग्दैन नेपाल कञ्चनपुरका हिक्मत हमालले दुखेसाे पाेखे । काम नगरि यसरिनै बसिराखेर पनि हामी काेराेना संक्रमित नभई नेपाल फर्कन पाउँला भन्ने अासा मर्दै गएकाे उनकाे भनाई थियाे । नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान चाडै खुलाए स्वास्थ्य हुदै नेपाल फर्कन पाईन्थ्याे कि भन्ने लागेकाे उनले सुनाए । उनले चाडाे भन्दा चाडाे अन्तर्राष्ट्रिय उडान खाेलेर नेपाल फर्काईदिन नेपाल सरकारलाई अनुराेध समेत गरे ।

युएईमा शनिबार सम्म काेराेनाकाे संक्रमितकाे संख्या १६ हजार नाघि सकेकाे छ । दिन प्रतिदिन काेराेना संक्रमित नेपालिकाे संख्या समेत बढदैछ । शनिवार युएईकाे सारजाहामा एकैपटक २२जना नेपाली महिलामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे थियाे । याे संगैं हालसम्म युएईमा १ सय ४९ जना नेपाली कोरोना संक्रमित भएका छन् । जसमा २७ जना उपचारपछि निको भएर फर्किएका छन् भने ६ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here