दुखद खबर, झापाको पाडाजुंगीमा दुर्घटनामा एक जनाको मृत्यु

0
4010

दमक, २६ बैशाख / पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित पाडाजुंगी सडकखण्डमा आज साँझ ट्रक र मोटरसाईकल एकापसमा ठक्कर हुदा एक जनाको ज्यान गएको छ ।

यसरी ज्यान जानेमा इलाम, चुलाचुली गाँउपालिका वडा नम्बर ४ का ३१ बर्षिय रणबहादुर लिम्बु रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पूर्ववाट पश्चिम तर्फ आउँदै गरेको बा. ६८ प. ९७७० नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना. ६ ख. ५४०१ नम्बरको ट्रक आज साँझ ७.३० वजे एकापसमा दुर्घटना भएको प्रहरीको जनाएकाे छ ।

ठक्करवाट सख्त घाईते भएका मोटरसाईकलमा सवार लिम्बुको उपचार गर्न दमक अस्पतालमा ल्याई पुर्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले बताए । दुर्घटनामा संलग्न ट्रकसहित चालक र मोटरसाईकललाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here