सिंहदरबार अगाडी चिनियाँ नागरिक र प्रहरी बिच झडप

0
428

काठमाडौं, २६ बैशाख / लकडाउनको समयमा स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

शुक्रबार सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा प्रहरी र चिनियाँ नागरिकबिच झडप भएको हो ।

चिनियाँ नागरिक घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए ।

महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । चिनियाँ नागरिकहरूले प्रहरीलाई ढुंगामुढा गरेको पोखरेलको भनाइ छ ।

त्यसक्रममा ३३ जना नै चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।

घाइते डीएसपी बस्नेतको प्रहरी अस्पताल र महिला प्रहरीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here