कोरोना भाइरसको महामारीको बेला लायन्स क्लब अफ दमक इस्टर्न लाइनले गर्यो यस्तो महान कार्य

0
456

दमक, २५ बैशाख / लायन्स क्लब अफ दमक इस्टर्न लाइन र लियो क्लब अफ दमक इस्टर्न लाइनको आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लबले आज रेडक्रस उप-साखा दमकको हलमा बुद्व जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । हाल  विश्व भर फैलिएकाे  कोरोनो भाइरसको प्रभावका कारण धेरै मानिसले रक्तदान नगर्ने भएकाले रगतको अभाव हुन नदिनका लागि रक्तदानकाे आयोजना गरीएकाे लायन्स क्लब अफ दमक इस्टर्न लायन्सका अध्यक्ष तुलसी राम तिम्सीनाले बताए ।

कोरोनाको प्रभावलाई मूल्याङ्कन गरि रक्तदातालाई सुरक्षित तवरले पालैपालो रक्तदान गराइएकाे थियाे  । उक्त रक्तदान कार्यक्रममा  ५ महिला सहित ५०  जनाले  रक्तदान गरेका थिए ।

 

कार्यक्रममा रक्त संचार दमकका प्रमुख सिद्वार्थ दाहालले यस्तो विषम अवस्थामा रगतको अभावकै कारण कसैको पनि मृत्यु नहोस् भन्ने उध्येश्यका साथ क्बलले सरकारको नियमलाई पालना गरेर रक्तदान कार्यक्रमको आयोजना गरेकोमा क्लबलाई धन्यावाद दिए ।

कार्यक्रममा लायन्स एरीया कोर्डिनेटर द्वय अजय अग्रवाल र प्रहर क्षेत्री, लायन्स क्लब अफ दमक इस्टर्न लाइनका पुर्व अध्यक्ष बिमल शर्मा, दमक जेसीजका पुर्व अध्यक्ष चन्द्र खत्री, जिवन चक्र समाजका अध्यक्ष गणेश गौतम, क्लबका पधादीकारी लगायतको उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here