उभौली पर्व, यसकारण महत्वपुर्ण छ (भिडियाे )

0
451

झापा / उभौली पर्व   किराँत समुदायमा अत्यन्त लोकप्रिय चण्डी नाच सबैजनाको सुस्वास्थ्य, दिर्घायू र समृद्धीको कामना गर्दै नाचिन्छ । आउनुहोस प्रकृतीका सन्तती, विश्व प्रसिद्ध किराँत समुदायले मनाउने यस वसन्त क्रृतुको उभौली पर्वको कुरा गरौ । प्रकृतीका पुजारी यस समुदायले बैशाख पूर्णिमाका दिन अन्न वाली सप्रियोस, राम्रो वाली लागोस, पृथ्वीमा कही कतै खाधान्नको कमी नहोस भन्दै यस उभौली पर्व मनाउदछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ, चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिन हो । त्यहि भएर उभौलीका अवसरमा साँस्कृतिक महोत्सवका रुपमा यो पर्व मनाउने गरिन्छ ।

कृषी उन्मुख यी दुई यस्ता पर्वहरु छन् जसले सम्पूर्णतया कृषी र वालीको जनाऊ दिनेगर्दछन्, यी दुईवटा पर्वहरुमा किराँत समुदायले मनाउने उभौली र उधौली पर्व हुन । वैशाखे पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रुपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण श्रृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । बैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

बालीनालीका रक्षक तत्वहरु जस्तै कि प्रकृती, आवहवा, देवीदेवता र पृथ्वीको आज पूजा गरिन्छ, काठमाडौको टुँडिखेल आज उभौलीको रौनकतामा हेर्नलायक देखिन्छ, पारम्परीक भेषभुषामा सजिएका किराँती समुदायका मान्छेहरु अनि गोलबन्द भएर पुरुष महिला सगैँ नाचेकोे अत्यन्त रसिक देखिन्छ है ।

पुरुषहरुलेकालो कोट, दौरा/सुरूवाल लगाउने, बुकीफूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्दछन् भनेँ महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेंला गरगहना सहित सजिएर नाच्ने चलन छ । हातमा चौरीको पुच्छर, चम्मर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदैूसोइ ढोले सोइ अर्को ढोले खोइू भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ यसरी नाच्दा स्याउला, ढोल, झ्याम्टा,बिनायोतथा हारी जस्ता बाजाहरु बजाउँदै अनि विभिन्न कृषीकार्य गरेझैँ जस्तै धान काटेको, दाहुनी गरेको जस्तो मुद्रामा नाचीन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here