दमकका एक जनामा कोरोना भएको पुष्टि, यो सगै कोरोना संक्रमितको संख्या ४९ पुग्यो

0
642

दमक / झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुनसरीको धरनास्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दमकका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

झापाको दमक बाट तीन जनातो RDT पोजेटिभ आए पछि स्वाब परिक्षणका लागि धरान लगिएको थियो । तीन मध्ये एक जनालाई कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

तीनै जना दमक अस्पतालको  आइसुलेटमा  राखिएको छ  ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । उनी आइसोलेशनमा अस्पतालमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिष्ठानमा आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमित मध्ये १० घर डिस्चार्ज भएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here