झापा दमकमा नेविसंघको विरोध प्रदर्शन

0
1457

दमक, १२ बैशाख । सरकारले ल्याएको अध्यादेशको खारेजीको माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको गृहनगर दमकमा पनि सांकेतिक विरोध पर्दशन गरेको छ ।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले अध्यादेश खारेजीको माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत दमकमा पनि गरिएको हो ।

सामाजक दुरी कायम गर्दै देशका ७७ वटै जिल्लाका प्रमुख स्थानहरुमा प्रदर्शन गरिएको हो । ‘अध्यादेशका बिरुद्ध दवाव सिर्जना गर्न सामाजिक दुरी कायम राख्दै स्वास्थ्य सावधानी तथा सचेतना अपनाउदै, भिडभाड नगरी बिहान ९ बजे सांङकेतिक प्रदर्शन गरिएको हो ।

यता लोकतन्त्रलाई अप्ठ्यारोमा पार्ने गरी ल्याइएको अध्यादेशको विरोधमा झापामा पनि प्रदर्शन गरिएको नेबिसंघ झापाका सदस्य अतित राईले बताए । अहिले सरकारको ध्यान जनताको जिवन रक्षामा केन्द्रित हुनुपर्नेमा सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप पनि नेविसंघ झापाले लगाएको छ ।

सामाजिक दुरी कायम गरी गरिएको सांकेतिक विरोध प्रदर्शनमा नेविसंघ झापाका जिल्ला सदस्यहरु मनि लिम्बु, धिरज श्रेष्ठ,आसिस लेचाबो तथा सघंको दमक नगर सचिव मणिलुङग फागो र नगर सदस्य रूजन मगर लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here