झापा, १० बैशाख / हाल विश्वभर काेराेना भाइरसकाे मरामारी फैलिरहेकाे बेला देश भर लक डाउनकाे घाेषणा गरीएकाे छ । लकडाउनको मौकालाई ब्यापारीहरुले मुल्य बृद्वि गरेकाे पाइएकाेले झापाको दमकमा दमक उधाेग वाणिज्य संघकाे पहलमा अति आवश्यकिय खाध्य बस्तुकाे मुल्य ताकिएकाे छ ।
किराना तथा खाध्य ब्यवसायी संघ दमकका अनुसार खाध्य बस्तुकाे मुल्य प्रति केजी चामल मंसुली रू ६०, चामल आउ मंसुली रू ५०, चामल साेना मंसुली रू ५५, दाल मुसुरी रू १ सय २०, दाल चना रू १ सय २०, दाल रहर रू १ सय ६०, चना/मटर रू १ सय १०, मैदा रू ६०, आटा रू ६०, हरियाे मटर रू १ सय ३०, सेताे मटर रू ८५, चिनि रू ८०, नुन रू २०, सुर्यमुखी तेल रू १ सय ७०, ताेरीकाे तेल २ सय निधारण गरीरएकाे किराना तथा खाध्य ब्यवसायी संघ दमकका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए ।
मंगलबार देखी लागु गरीएकाे र मुल्य सुचीलाइ सबैले आफ्नाे पसलमा ग्राहकले देख्ने गरी राख्नका लागि दमक उधाेग वाणिज्य संघले अनुराेध समेत गरेकाे छ । यन्यथा दमक नगरपालिका बाट अाएकाे अनुमनकाे टाेलीले नियम अनुसार कार्वाहि गर्ने जनाएकाे छ ।