भाइरस परिक्षणको दायरा बढाउदै लानु पर्छ : डा. नवीन चापागाई   

0
416

डा. नवीन चापागाई     मानिस हरु घर भित्र छन् । ब्यापार, ब्यवसाय सवै ठप्प र चौपट भएको एक महिना भैसकेको छ । यसले अर्थतन्त्रमा निकै असर पारीसकेको छ । जीवन बाँच्नु मुख्य कुरा हो तर बाँचेको जीबनलाई पाल्नु पनि अर्को महत्वपुर्ण कुरा हो ।

भाइरसबाट आक्रान्त भएको जीवन अनिकाल र अभाबले मर्नु हुदैन । भोक, रोग, र सोकले मर्नु हुदैन। यो लकडाउनको मुख्य उद्देश्य भनेको भाइरस संक्रमण फैलन नदिनु हो । अन्तराष्ट्रिय नाका, तथा सिमानामा मानिसको आवतजावतलाई अझ केही समयलाई सिल गरेर अव लकडाउनको मोडालिटीमा परिवर्तन गर्दै खुकुलो पार्दै लानु पर्दछ ।

किनभने यो भाईरसको संक्रमण, जे जती हुनुपर्ने हो त्यो यो एक महिनाको अवधिमा देखिने जति अधिकतम देखिसक्नु पर्छ । तर भाइरस परिक्षणको दर र दायरा भने अझ धेरै बढाउदै लानु पर्छ । यसकारणले अब आन्तरिक रुपमा लकडाउनलाई केही खुकुलो पार्दै लगि अहिलेको यो अवधिमा खस्केको आर्थिक समस्या लाई थप डुब्नबाट जोगाउनु अहिले को आवश्यकता हो। त्यसैले सरकारले वेलैमा ध्यान पुर्याउनु आवश्यक छ ।

लेखक राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापा शाखाका अध्यक्ष, उपाभाेक्ता  हित संरक्षण मन्च दमक अध्यक्ष साथै प्रदेश १ उपाध्यक्ष    हुन् 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here