दमकमा लक डाउनलाई थप कडाइ, अब हप्ताको दुइ दिन मात्र पसल खुल्ने

0
3394

दमक, १० बैशाख / झापाको दमकमा लक डाउन लाई थप कडाइ गरिने भएको छ ।

आज नगरपालिकामा बसेको सर्वदलिय बैठकले लक डाउन लाई थप कडाइ गर्ने निर्णय गरेको हो । अब औषधी पसल, स्वास्थ्य उपचार बाहेकका अरु अति आवश्यक  खाध्य बस्तुहरुकाे बिक्री वितरणका लागि सनिबार र बुधवार ११ बजे देखी २ बजे मात्र खुल्ला गर्न पाइने भएको छ । डेरी पसल हरु बिहान ७ देखी ८ बजे सम्म खुल्ने छ ।

 

यस अघी हप्ता भरीनै दिनकाे १० बजे देखि दिउँसो ४ बजे सम्म खुल्ला गरीएको थियो । तर उक्त समयमा धेरै भिडभाड बढे पछी हाल समय परीवर्तन गरीएको छ ।
अब आइतबार,सोमबार,मंगलबार,बिहीबार र शुक्रबार पुर्ण रुपमा दमक बन्द गरीएको छ ।

सामान बिक्री वितरण गर्दा सुरक्षामा अत्यन्तै हाेशियारी अपनाइ ग्राहक संगकाे दुरी कायम राखी ब्यबसाय संचालन गर्न र उपभोक्ताले पनि ताेकिएकाे समयमा ताेकिएकाे सुरक्षा ब्यबस्था मिलाइ अावश्यक सामान भिडभाड नगरी खरिद गर्न दमक उधोग वाणिज्य संघकले अनुरोध गरेको छ ।

साथै आज बाट नगरपालिका भित्र बिभिन्न बहाना बनाई बिहान बेलुका कुनै पनि समयमा अनावश्यक हिड डुल गर्न  नपाइने भएको छ ।

उक्त कुराको कसैले बेवास्था गरी नियम पालना नगरेमा कडा कारबाही गरिने दमक नगरपालिकाले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here