र्यापिड टेष्टमा पोजेटिभ देखिएका झापा हल्दिबारीका युवामा कोरोना संक्रमण नभएको पुष्टि

0
592

झापा ४, बैसाख \ झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा हिँजो ‘एन्टीबडी पोजेटिभ’ भेटिए पनि थ्रोट स्वाब परिक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

हल्दिबारी गाउँपालिका वडा नं २ का ३९ वर्षीय एक ब्यक्तीमा थ्रोट स्वाब परिक्षणमा कोरोना संक्रमण नदेखिएको नेपाल रेडक्रस सोसाईटी झापाका सभापती लोकराज ढकालले जानकारी दिए ।

हिँजो गाउँपालीकामा र्यापिड टेष्टको क्रममा श्रेष्ठको पोजेटिभ देखिएको थियो । र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि उनि सहित परिवारका सात जनाको थ्रोट स्वाब सङ्कलन गरेर प्रयोगशाला परीक्षणका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो ।
थ्रोट स्वबको आज आएको परिणामा नेगेटिभ आएको रेडक्रस सभापती ढकालले बताए ।र्यापिड टेष्टमा पोजेटिभ आउँदैमा कोरोना संक्रमण पुष्टि नहुने भएकोले आत्तिनु नपर्ने उनले बताए । थ्रोट स्वाब परिक्षणबाट मात्रै अन्तिम परिणाम आउने भएकोले आजको परिणाम पछि उक्त ब्यक्तीमा कोरोना नभएको प्रमाणीत भएको रेडक्रस सभापती ढकालले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here