नवदुर्गा सहकारी संस्था द्वारा दमक नगरपालिकाकाे काेषमा ४१ हजार प्रदान

0
303

दमक, ४ बैशाख । नवदुर्गा सहकारी संस्था लिमिटेड दमकले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण एवम् विपन्नलाई राहत प्रदान गर्न दमक नगरपालिकाकाे काेषमा रकम जम्मा गरेको छ ।

दमक ६ मा  कार्यालय रहेको संस्थाले दमक नगरपालिकाको कोषमा जम्मा हुनेगरी नगरप्रमुख रोमनाथ ओली, उपमेयर गीता अधिकारीलाइ नगद ४१ हजार प्रदान गरेको हाे ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसको संक्रमण रोकथाम गर्न तथा लकडाउनले समस्यामा परेका विपन्नहरुलाई राहत प्रदान गर्न बनाइएको राहत कोषमा जम्मा हुने गरी संस्थाका अध्यक्ष प्रेम काेइराला,  नेतृत्वको टोलीले रकम प्रदान गरेका हुन् ।

रकम हस्तान्त्रण कार्यक्रममा संस्थाका उपाध्यक्ष हरी प्रसाद न्याैपाने, सचिब रत्न धिमाल र काेषाध्यक्ष लक्ष्मि काफ्ले लगायतकाे उपस्थिती रहेकाे थियाे । सहकारीले लकडाउन अवधीमा कारोबार गर्न कार्यालयमा  २ देखि ३ दिनमा ११ बजे देखि २ बजे सम्म सेवा दिदै अाएकाे छ ।  कार्यालयमा उपस्थित हुन नसक्ने सदस्यको लागि सहकारीले  फोनमा सम्पर्क गरेर कारोबार गर्न अनुरोध गरेकाे संस्थाका सचिब रत्न धिमाल जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here