मावा खाेला कटान तथा राेकथाम उपभोक्ता समूह द्वारा वडा कार्यालयलाई एक लाख प्रदान

0
409

दमक, ४ बैशाख /  हाल विश्व भर महामारिको रुपमा फैली रहेको कोरोना भाइरसकाे  संक्रमण नियन्त्रणकाे लागि  दमक ३ मा रहेकाे मावा खाेला कटान तथा राेकथाम उपभोक्ता समूह दुम्सेले दमक ३ वडा कार्यालयको काेषमा सहयाेग गरेकाे छ ।

सस्थाले अाज वडाको कोरोना भाइरस रोकथाम तथा ब्यवस्थापन एवं राहत कोषमा १ लाख १ हजार सहयाेग  गरेकाे हाे ।  वडा कार्यलयमा पुगेर समुहका कोषाध्यक्ष तारा मान भुजेलले वडा अध्यक्ष नबिन बराल लाई रकम हस्तान्तरण गरेका छन् ।

 आजनै दमक ३ निबासी अरमान श्रेष्ठ ले पनि ५ हजार बरावरकाे खाधान्न सामाग्री  वडा कार्यालयलाई प्रदान गरेका छन् ।

त्यस्तै लक लाउन बाट पिडित बनेका बिपन्न परिवार लाई वडा कार्यालयले पहिलो चरणमा ३२४ र दोस्रो चरण मा २ यस वढी परीवार लाई राहत बितरण गरी सकेको र  कोही भोको नहोस् भन्ने उधेश्य अनुरुप अझै नाम संकलन भइ रहेको वडा सचिव सन्दिप सुबेदी जानकारी दिए ।

वडा कार्यालयले वडा भित्र रहेका रहेका सहकारी सस्था, विधालय परिवार, सामाजिक संघसस्था , सबै टाेल बिकास सस्थाहरु तथा इच्छुक व्यक्तिहरु संग सहयोगको अनुरोध पनि गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here