दमकमा २५ जनाकाे आर.डि.टि. टेस्ट, सबै रिपोर्ट नेगेटिभ

0
669

दमक / झापाको दमक नगरपालिका – ४ स्थीत मानसरोबर कलेजको क्वारेन्टाईनमा रहेका ११ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको  जनाईएको छ।

क्वारेन्टाईनमा रहेका ११ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको दमक नगरपालिकाकी प्रवक्ता एवं नगर उपप्रमुख गीता अधिकारीले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएकी छन् ।

हालसालै विदेशबाट आएका व्यक्ति र परिवारको स्वास्थ्य अवस्था यस नगरपालिकाको स्वास्थ्य शाखाबाट निरन्तर निगरानी भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाईएको छ ।

आज वडा न ५, ६,७,८,९ र १० का जम्मा २५ जनाको आर.डि.टि. टेस्ट किट मार्फतपरीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ (कोरोना भाइरस संक्रमण नभएको) आएको  जनाइएकाे छ ।

दमक अस्पतालमा रहेको फिभर क्लिनिकमा आज ५ जना महिला र ५ जना पुरुषको स्वास्थ्य जाँच गरिएको छ । निजहरुको अवस्था सामान्य रहेको जनाइएकाे  छ । आम्दा अस्पतालमा  बैशाख २ गते   १ जना महिला र १ जना पुरुष ज्वरोको बिरामी जाँचका लागि आएकोमा सबैको अवस्था सामान्य रहेको छ ।

क्वारेन्टाइनमा रहेकाहरुको २४ सै घण्टा निगरानी र स्वास्थ्य अवस्थाबारे जानकारी लिइदै आएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक एवं कोरोना भाइरसको जानकारी दिन तोकिएका फोकल पर्सन बद्रि बरालले बताएकाछन् ।

नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर लागू गरेको लकडाउन आदेशलाई सावधानी र सतर्कतापूर्वक घरमै बसी पालना गर्न, अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न, विदेशबाट आएको व्यक्ति वा परिवारले सोको जानकारी नगरपालिका वा प्रहरीलाई तत्काल गराउन सम्पूर्ण नगरबासीमा अपिल पनि गरिएको छ ।

नगरपालिकाले लक डाउन लाई थप कडाइ गर्ने निर्णय गरेको छ । अब औषधी पसल, स्वास्थ्य उपचार बाहेकका अरु अति आवश्यक  खाध्य बस्तुहरुकाे बिक्री वितरण दिनकाे १० बजे देखि दिउँसो ४ बजे सम्म मात्र  खुल्ला गर्न पाईने भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here