सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको अभियोगमा दुइ युवा पक्राउ

0
207

काठमाडौं, ३ बैशाख /  दाङमा   सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा घोराही उपमहानगरपालिका-१४ घोराही बजार बस्ने २८ वर्षीय दिपक न्यौपानेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

दिपकले फेसबुक स्टाटसमा दाङमा पनि कोरोना भाइरस संक्रमित ब्यक्ति भेटिएको भनी तथ्यहीन तथा भ्रामक विवरण पोष्ट गरी जनमानसमा डर फैलाउने काम गरेको पाइएपश्चात जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुर्खेतमा पनि सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-८ कालिन्चोक बस्ने ३६ वर्षीय धर्मराज आचार्यलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । धर्मराजले फेसबुक स्टाटसमा सुर्खेतमा १ जना कोरोना संक्रमित ब्यक्ति देखिएको भनि तथ्यहीन र भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेको पाइएपश्चात जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here