सनसिटी अपार्टमेन्टका २ सय ९८ जनाको र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ

0
442

काठमाण्डौ – काठमाण्डौको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा रहेकाको र्यापिड टेष्ट किट आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ ।

परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ सय ९८ जनाको परीक्षण गरेको र उनीहरुको रिपोर्ट नेगेटिभ आएको बताएको हो । मंगलबार यही अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पुष्टि भएपछि अन्यको पनि परीक्षण गरिएको हो ।

ब्लक ‘ए’ मा बस्दै आएका एकै परिवारका तीन जनामा आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो भने पीसीआर बिधिबाट गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । तर एक जनाको रिपोर्ट भने नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

यस्तै, मन्त्रालयले कोरोना संक्रमित विरामीको पहिचान नखुलाउन पनि सञ्चार माध्यमलाई आग्रह गरेको छ । विरामीको अनुमति विना पहिचान सार्वजनिक नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here